FLASH NEWS
  • Loading...

त्रिशुलीमा फेरि गाडी खस्यो, सिँचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

  • गोल्डेन खबर
  • ७ साल अघि
  • ११७ पटक पढिएको
त्रिशुलीमा फेरि गाडी खस्यो, सिँचाइ मन्त्रालयका सचिवसहित ३ जना त्रिशूलीमा वेपत्ता

काठमाडौं ।अत्याधिक मात्रामा दुर्घटना भइरहने त्रिशुली नदीमा आज शनिवार विहान फेरि गाडी खसेको छ । पृथ्वी राजमार्ग अन्तर्गत सलाङघाटबाट त्रिशुली नदीमा गाडी खस्दा सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवसहित तीन जना वेपत्ता भएका छन् ।

कपिलवस्तुस्थित घरबाट बा २ झ ३१४० नम्बरको गाडीमा काठमाडौं आउँदै गर्दा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा सचिव यादवसहित उनका छोरा सन्तोष र नाम नखुलेकी एक महिला वेपत्ता भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार

चालक घाइते छन् । उनी दुर्घटनास्थलबाट आफै बाहिर आएपछि प्रहरीहरुले उद्धार गरेका थिए । उनलाई उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको वताइएकाे छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित