FLASH NEWS
  • Loading...

दशैंमा ५ दिन बैंक बन्द

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०७ पटक पढिएको
दशैंमा ५ दिन बैंक बन्द

काठमाडौं । यसपटकको दशैमा पाँच दिन बैंक बन्द हुने भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज ३० गते फुलपातीदेखि कातिक ३ गते एकादशीसम्म बैंक बिदा हुनेछ ।
सरकारले यसपटकको विदामा कटौती गरेकाले बैंकहरुले पनि घट्स्थापना, द्वादशी र कोजाग्रत पूर्णिमाको विदा पाउने छैनन् ।

यसअघि यी दिनमा कर्मचारीले विदा पाउँदै आएका थिए । यता तिहारमा भने तीन दिन बैंक बन्द हुने भएको छ ।

कातिक २१ गते लक्ष्मी पुजा, २२ गते गोबद्र्धन पुजा र २३ गते भाइटिकाका दिन बैंक बन्द रहनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित