- Loading...
सरकारले कृषिलाई प्राथमिकता दिनुुुपर्छ : कषिमन्त्री खनाल
- गोल्डेन खबर
- ६ साल अघि
- ११७ पटक पढिएको

काठमाडौं । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् ।
कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
नेपालको सन्दर्भमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म लाखौँ सङ्ख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताउँदै अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनको भनाइ छ ।