FLASH NEWS
- Loading...
आइजिपी खनालको बर्खास्त माग : सत्तारुढ विद्यार्थी संगठन
- गोल्डेन खबर
- ६ साल अघि
- ११२ पटक पढिएको

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका विद्यार्थी संगठन अखिल र अखिल क्रान्तिकारीले नेपाल प्रहरीका प्रमुख, आइजिपी सर्वेन्द्र खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका छन ।
अखिल र अखिल क्रान्तिकारीका नेताहरुले बिहीबार गृहमन्त्री रामबहादुर थापा बादललाई भेटेर ज्ञापन पत्र बुझाउँदै जनताको जिउधनको सुरक्षामा सिंगो संरचनालाई प्रभावकारी बनाउनु पर्नेमा त्यसमा असक्षम रहेकाले आइजिपी खनाललाई तत्काल बर्खास्त गर्न माग गरेका छन ।
आफूहरुले पछिल्लो समय बढ्दै गएको बलात्कार तथा एसिड आक्रमणसहितका हिंसा र दोषी पत्ता लगाउन भइरहेको ढिलाई बारे गृह मन्त्री बादललाई सचेत गराउँदै सात बुँदे ज्ञापन पत्र बुझाएको अखिलका नेता आरसी लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस