FLASH NEWS
  • Loading...

अब निजामती कर्मचारीले भ्रष्टाचार नगर्ने शपथ लिनुपर्छ दिनहुँ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ११७ पटक पढिएको
अब निजामती कर्मचारीले भ्रष्टाचार नगर्ने शपथ लिनुपर्छ दिनहुँ

काठमाडौं । निजामती कर्मचारीले अबदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ । उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको गलत काम नगर्ने र आफ्नो स्वार्थ अनुसार भ्रष्टाचार नगर्ने शपथ दिनहुँ लिनु पर्ने भएको छ । हाल देशमा ८८ हजार निजामती कर्मचारी रहेका छन भने उनिहरुले हरेकदिन बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिनुपर्ने नियम प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, केन्द्रीय निकाय, आयोग, नियोग लगायतमा पत्राचार गर्दै देशभर रहेका मातहतका कर्मचारीलाई भ्रष्टाचारविरोधी शपथ गराउन निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयले शपथको बेहोरा र ढाँचा तयार पारेको छ । कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ, म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ भनेर दैनिक शपथ लिनु पर्नेछ । प्रवक्ता कुँवरले शपथ लिएर पनि कर्मचारीले प्रभावकारी काम गरे नगरेको माथिल्लो तहबाट अनुगमन हुने बताए ।

प्रधानमन्त्री कार्यालयले शपथका साथै भ्रष्टाचार नगर्ने बेहोराको साइनबोर्ड देशभर सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा टाँस्न पनि सर्कुलर गरेको छ । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सरकारी नीति व्यवहारमा उतार्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित