FLASH NEWS
  • Loading...

नेकपा सचिवालयको बैठक आगामी आइताबार बस्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • २४४ पटक पढिएको
नेकपा सचिवालयको बैठक आगामी आइताबार बस्ने

काठमाडौं । नेकपाको सचिवालय बैठक आगामी आइतबार बस्ने भएको छ । पार्टी तथा सरकार सञ्चालनका बारेमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले असोज २१ गते आइतबारलाई सचिवालय बैठक बोलाएको हो ।

शुक्रबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच झण्डै २ घण्टाको छलफलपछि सचिवालय बैठक बोलाउने निर्णय भएको महासचिव विष्णु पौडेलले बताए ।

नेकपामा पछिल्लो समय पार्टी र सरकार सञ्चालनका विषयमा अध्यक्षद्धयले आफुखुसी निर्णय गरेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपालले असन्तुष्टि जनाउदै आएका छन ।

गत साता दुवै अध्यक्ष विदेश भ्रमणमा रहेका बेला नेपालले संसदमा सरकारको आलोचना गर्नुका साथै बाहिर आफु पक्षीय स्थायी समिति सदस्य भेला गरेर अध्यक्ष ओली र दाहालको आलोचना गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित