FLASH NEWS
  • Loading...

श्रवण शक्ति नभएका नागरिकद्धारा प्रदर्शन

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२० पटक पढिएको
श्रवण शक्ति नभएका नागरिकद्धारा प्रदर्शन

काठमाडौं । सवारी चालक अनुमति पत्र सरकारले नदिएपछि बहिरा नागरिकहरु समेत सडक आन्दोलनमा उत्र्न बाध्य भएका छन्। संवैधानिक व्यवस्था अनुसार आफूहरुलाई तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग गर्दै बहिरा नागरिकहरुले शुक्रबार बिहान काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिएका हुन्।

२०६१ सालदेखि सवारी चालक अनुमति पत्र दिन सरकारको विभिन्न निकायमा गरिएको आग्रह सुनुवाई नभएपछि आफूहरु सडक आन्दोलनमा गर्न बाध्य हुनु परेको राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारीले जानकारी दिए। महासंघले सवारी चालक अनुमति पत्र पाउनुपर्ने आफूहरुको माग तत्काल सम्बोधन नभए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

महासंघले २०६१ साल पुस ९ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागसँग पटक–पटक सवारी चालक अनुमति पत्र दिन माग गर्दै आएपनि त्यसलाई सरकारले बेवास्ता गरेपछि सडक आन्दोलन सूरु गरेको हो। ‘म बहिरा, सवारी साधन चलाउन नपाउने लेखिएको प्लेकार्डसहित शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका उनीहरुले चालक अनुमति पत्र अव पनि नदिए सरकारविरुद्ध कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित