FLASH NEWS
  • Loading...

भ्रष्टाचारीलाई छोडिन्न,आयोजनाको काम रोकिन्न आयोग

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०७ पटक पढिएको
भ्रष्टाचारीलाई छोडिन्न,आयोजनाको काम रोकिन्न आयोग

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान अघि नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्यव्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्य्दिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्दे्शित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने भएको छ ।

अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने कार्य गरेको भनी आयोगको काम कारवाहीप्रति व्यापक आलोचना भएको थियो । उजुरीको वास्तविक अनुसन्धान गरी भ्रष्टाचार गरेको पाइएमा मुद्दा दायर गरिने, भ्रष्टाचार गरेको नपाइएमा तामेलीमा राख्ने स्पष्ट पद्दतिको विकास गर्ने तथा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गर्ने गरी नागरिक समूहको स्थापना र प्रवर्द्धन गर्ने कार्य्दिशा रहेको आयोगले जनाएको छ ।

आयोगले भ्रष्टाचार निगरानी प्रणालीको स्थापना तथा विकास निर्माणको काममा गुणस्तर र समयमा काम सम्पन्न नगरेका पाइएमा कारवाही गर्ने प्रक्रियाको अवलम्बनजस्ता कार्यशैलीगत सुधारको कार्य्दिशा अघि सारेको हो ।
रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित