FLASH NEWS
- Loading...
विदेशी खेलाडीको फाइल गृह मन्त्रालयमा
- गोल्डेन खबर
- ६ साल अघि
- १३७ पटक पढिएको

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग खेल्नका लागि नेपाल आएका विदेशी खेलाडीको फाइल युवा तथा खेलकुद मन्त्रालयले गृह मन्त्रालयमा पठाएको छ ।
अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मासँग फाइल अघि बढाउन आग्रह गरेपछि यो प्रक्रिया अघि बढेको हो ।
अध्यक्ष शेर्पाको पहलपछि १८–२० जना खेलाडीको फाइल गृहमन्त्रालयमा पठाएको छ । गृहले खेलाडीको रेकर्डहरु चेकजाँच गरेर श्रम स्वीकृतिका लागि श्रम मन्त्रालयमा पठाउनेछ ।लिगमा तीनवटा विभागीय बाहेक सबै टिमले विदेशी खेलाडी राख्ने तयारी गरेका छन् ।
यो सिजनको ए डिभिजन लिगमा कुल ३५ खेलाडी खेल्ने बुझिएको छ । एउटा टिमबाट बढीमा चार जना विदेशी खेलाडी खेल्न पाउनेछन् । तर चारमध्ये एक जना सार्क राष्ट्रको हुनुपर्ने नियम छ ।
प्रतिक्रिया दिनुहोस