- Loading...
बस्तुको मूल्य नियन्त्रण गर्न सरकार असफल:प्रतिनिधिसभाका सांसदहरु
- गोल्डेन खबर
- ६ साल अघि
- ११६ पटक पढिएको

काठमाडौं । चाडपर्वका बेलामा पनि चिनीलगायत अति आवश्यकीय बस्तुको मूल्य नियन्त्रण गर्न गम्भिर नभएको भन्दै प्रतिनिधिसभाका सांसदहरुले सरकारको आलोचना गरेका छन् । सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको शुक्रबार बसेको बैठकमा सांसद प्रेमबहादुर आलेले प्रतिकेजी ६३ रुपैयाँ भन्दा बढि मूल्यमा चिनीको विक्री विवरण गर्नेको पहिचान गरी कडा कार्वाही गर्न पनि माग गरेका छन ।
उनले सरकारका सम्बन्धित निकायका पदाधिकारीहरु सहितको बैठकमा चिनीको आयातमा प्रतिबन्द किन लगाएको भनेर आक्रोश पनि व्यक्त गरेका छन । सांसद आलेले चिनी, तेललगायतका दैनिक उपभोग्य बस्तुको मूल्य नियन्त्रणका लागि गम्भिर भएर अनुगमनका खटिन पनि सरकारका सम्बन्धित निकायका कर्मचारीलाई सचेत गराएका छन ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले चिनीको मूल्य नियन्त्रण गर्न सरकार गम्भिर भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेका छन । उनले जनशक्तिको अभावमा बजार अनुगमनको कामलाई प्रभावकारी बनाउन नसकेको जवाफ पनि समितिमा दिएका थिए ।
स्थानीय प्रशासनलाई हारगुहार गरेर मात्रै अनुगमनको कामलाई अघि बढाउनुपरेको सचिव घिमिरेको भनाई छ ।चिनीलगायत दैनिक उपभोग्य बस्तुको मूल्य बढेपछि सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले त्यसको कारणबारे जानकारी लिन सम्बन्धित निकायसँग शुक्रबारबाट छलफल सुरु गरेको हो ।