FLASH NEWS
- Loading...
भारतलाई हराउदै नेपाल फाइनलमा : साफ यू १८ महिला च्याम्पियनसिप फुटबल
- गोल्डेन खबर
- ६ साल अघि
- १४९ पटक पढिएको

काठमाडौं । नेपाल भुटानमा जारी साफ यू(८ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा २ ( १ ले हराएर नेपाल उपाधि नजिक पुगेको हो ।
नेपालले फाइनलमा बंगलादेश र भुटानबीचको विजेतासंग खेल्नेछ ।
थिम्पुस्थित चाङलिमिथाङ मैदानमा निर्धा्रित ९० मिनेट र थपिएको अतिरिक्त समय १ ( १ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिईएको थियो ।
यसअघि रश्मी कुमारी घिसिङको गोलबाट नेपालले सुरुवाती अग्रता बनाएको थियो । घिसिङले खेलको १६ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् ।
तर, भारतकी समिक्षाले ६३ औं मिनेटमा हेडबाट गोल गर्दै खेल बराबरी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस