FLASH NEWS
  • Loading...

नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२८ पटक पढिएको
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा

काठमाडौं । जापानमा हुने सन् २०२० को ओलम्पिक खेलका लागि एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार २२ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो ।

रेनुका नगरकोटीको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा ५ नयाँ खेलाडी रहेका छन् । नेपाली टोलीका लागि गिता राना, रञ्जना दर्जी, हिरा कुमारी भुजेल, मनमाया लिम्बु, अमृता जैसी, मेनुका गिरी, कबिता धिमाल, पुनम मगर लगायतका खेलाडीलाई समाबेश गरिएको छ ।
नेपालले छनोटको लागि गत भदौ दोस्रो साताबाट तयारी थालेको थियो । एन्फाले पहिलो चरणमाबोलाएको ४७ खेलाडीबाट अन्तिम टोलीको घोषणा गरेको हो ।नेपाली टोलीको विशेष क्लोज क्याम्प सोमबारबाट सुरु हुनेछ ।

तीन साताको क्लोज क्याम्पपछि नेपाली टोली मैत्रीपूर्ण खेलको २७ अक्टोबरमा चीन जाने छन् । चीनमा नेपालले दुई अभ्यास खेल खेल्नेछन् । एसिया छनोटमा नेपाल समूह ’सी’ मा रहेको छ । नेपालको समूहमा भारत, बंगलादेश र म्यानमार रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित