FLASH NEWS
  • Loading...

काभ्रमा ट्रयाक्टर दुर्घटना १ को मृत्यु, ६ जना घाइते

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०६ पटक पढिएको
काभ्रमा ट्रयाक्टर दुर्घटना १ को मृत्यु, ६ जना घाइते

काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ गणेश सवालस्थित आइतबार राति ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु हुनुका साथै ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार ढुङ्खर्कबाट पनौतीतर्फ आइरहेको ना ४ त २८४० नं को ट्याक्टर अनियन्त्रित भई सडकमा पल्टिँदा घाइते भएका सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का २५ वर्षीय इमरन मन्सुरको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सो घटनामा परी घाइते भएकामध्ये सर्लाही जिल्ला हरिपुर नगरपालिका–६ का ३५ वर्षीय जनग मन्सुर, सोही ठाउँका १६ वर्षीय फिरोज मन्सुर र २३ वर्षीय असरख मन्सुरलाई वीर अस्पतालमा रिफर गरिएको खड्काले जानकारी दिए ।

घाइते भएका जगागिर मन्सुर, नाजम मन्सुर र इकुन मन्सुरको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । प्रहरीका अनुसार घाइतेको अवस्था सामान्य रहेको छ । ट्रयाक्टर चालक कासी मन्सुरसहित आठजना सवार थिए ।

चालक मन्सुर सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।सो समूह ट्रयाक्टरमा थोत्रो कपडा पेल्ने मेसिनसहित बोकेर सिरक, डस्ना बनाउने काम गर्दै हिँड्ने गरेका रहेको प्रहरीले जनाएको छ ।

 

रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित