FLASH NEWS
- Loading...
पत्रकार खड्काको अवस्था अज्ञात,खोजी गरिदिन प्रेस युनियन डोटी शाखाको आग्रह
- गोल्डेन खबर
- ६ साल अघि
- १४५ पटक पढिएको

काठमाडौं । बाजुराको बडीमालिका दर्शन गर्न गएका बेला एका एक वेपत्ता भएका पत्रकार तेजबहादुर खड्काको अवस्था डेढ महिना वितिसक्दासमेत अज्ञात रहेको भन्दै नेपाल प्रेस युनियन डोटी शाखा सम्बद्ध पत्रकारहरुले खोजी कार्य फेरि गर्न आग्रह गरेका छन् । दिपायल पिपल्ला बजारमा सोमबार बिहान प्रेस युनियनसँग आवद्ध पत्रकारहरुले पत्रकार तेजु खड्का खोइ भन्दै दबाब मुलकर्यालीसमेत निकालेका छन् । नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य मिन बम, नेपाल पत्रकार महासंघ बाजुरा डोटी शाखाका अध्यक्ष योगेन्द्र बलायरलगायत प्रेस युनियनमा आवद्ध पत्रकारहरुले सोमबार बिहान सुदूरपश्चिम पृतनापति उपरथी झंकरबहादुर कडायतसँग भेट गरी अहिलेसम्म भएका प्रयास र आउँदा दिनमा खोजीगर्न सकिने अवस्थाका बारेमा छलफल भएको पत्रकार मोहन शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस