FLASH NEWS
- Loading...
परामर्श गरेर कानुन निर्माण गर्न विज्ञको सुझाव
- गोल्डेन खबर
- ६ साल अघि
- १११ पटक पढिएको

काठमाडौं । विज्ञहरूले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका छन्। कानुनविद् काशीराज दाहालले कानुन निर्माणमा देखिएका जटिलता हटाउन सरोकारवाला निकायसँग परामर्श गर्न सांसदहरुलाई सुझाव दिएका हुन्। सोमबार सिंहदरबारमा बसेको राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले कानुन निर्माणका लागि आम नागरिकको धारणा लिन सकिनेतर्फ पनि समितिको ध्यानाकर्षण गराए। समितिले ऐन निर्माण तथा कार्यान्वयन सम्बन्धमा छलफल गर्न दाहाललाई समितिको बैठकमा बोलाएको थियो। बैठकमा समितिका सदस्यहरुले पनि दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माणको काममा केन्द्रित हुनुपर्ने आवश्यक्ता औंल्याएका थिए। समितिकी सदस्य उदया शर्मा पौडेलले दोहोरो अर्थ नलाग्ने गरी कानुन निर्माण भए, नभएकोतर्फ समितिले जोड दिनुपर्ने धारणा राखिन्।
प्रतिक्रिया दिनुहोस