FLASH NEWS
- Loading...
प्रदेश राजधानीको प्रतिवेदन प्रदेशसभामा पेश
- गोल्डेन खबर
- ६ साल अघि
- १२६ पटक पढिएको

काठमाडौं । प्रदेश ३ को राजधानीबारे निर्णय प्रक्रिया सोमबार अघि बढेको छ। प्रदेशसभा भवन हेटौँडामा सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएसंगै प्रक्रिया अघि बढेको हो।
अध्ययन समितिका सभापति दीपक निरौलाले प्रदेशसभा बैठकमा प्रतिवेदन पेश गरेका छन्। प्रतिवेदन पेश गर्दै सभापति निरौलाले प्रतिवेदनमा जिल्लागत रुपमा विवेचना र विश्लेषण गरिएको बताए। राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाई थियो।
प्रतिवेदन तयार गर्न राजधानीका लागि प्रस्ताव दर्ता भएका काभ्रे, भक्तपुर, चितवन, नुवाकोट र अस्थायी राजधानी हेटौँडाको स्थलगत अध्ययनका साथै छलफलको निचोड र अन्य जिल्लाका जिल्ला समन्वय समितिमार्फत तथ्यांक संकलन गरिएको थियो। जेठ २६ गते समितिले सभामुखलाई प्रतिवेदन बुझाएको थियो।
प्रतिक्रिया दिनुहोस