- Loading...
विलियम नोरहाउस र पल रोमरलाई अर्थशास्त्रतर्फको २०१८ को नोबेल पुरस्कार
- गोल्डेन खबर
- ६ साल अघि
- १०८ पटक पढिएको

काठमाडौं । सन् २०१८ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार विलियम नोरहाउस र पल रोमरलाई दिइने भएको छ । उनीहरुलाई आर्थिक वृद्धिमा दीर्घकालीन रुपमा प्रभाव पार्ने तत्वका बारेमा गरेको नयाँ विश्लेषणका लागि नोबेल पुरस्कार दिइएको हो ।
रोयल स्विडिस एकेडेमीले नोरहाउसलाई जलवायु परिवर्तनको विषयवस्तु पनि बृहत् अर्थशास्त्रमा समावेश गरेको भन्दै नोबेल पुरस्कार प्रदान गरिएको हो । पल रोमरले भने प्रविधि विकास तथा खोज बृहत् अर्थशास्त्रमा समावेश गरेबापत नोबेल पुरस्कार पाएका हुन् । नोरहाउसले जलवायु परिवर्तनले गर्दा अर्थतन्त्रमा कसरी प्रभाव पार्छ भनेर अध्ययन गरेका थिए ।
दीर्घकालीन बनाउने भन्ने विषयमा अध्ययन तथा अनुसन्धान गरेका थिए । जलवायु परिवर्तनको बाबजुद दुवैको खोज तथा अनुसन्धानले आर्थिक वृद्धिको विकासमा जोड दिएकाले उनीहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ ।