FLASH NEWS
- Loading...
भुटानविरुद्ध नेपालको ११८ रनको जित
- गोल्डेन खबर
- ६ साल अघि
- १३५ पटक पढिएको

काठमाडौं । आईसीसी विश्व टि–ट्वान्टी एसिया पूर्वीक्षेत्रिय छनोट अन्तर्गत चौथो खेलमा नेपालले भुटानविरुद्ध ११८ रनको जित निकालेको छ। यसअघिका तीन खेल जितेको नेपालले चौथो खेलमा भुटानलाई १५१ रनको चुनौति दिएको थियो।जवाफी व्याटिङमा उत्रेको भुटानका व्याटसम्यान भने अंक बटुल्न निकै समस्या पर्यो। भुटानका ३ खेलाडीले खाता खोल्न सकेनन् भने एक खेलाडीले मात्रै दोहोरो अंक बटुले। व्याटिङतर्फ नेपालका प्रदीपसिंह ऐरीले नट आउट ७५ रन बनाएका थिए। बलिङमा उत्रेका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरे। ओभरमा अलआउट गर्ने क्रममा संदीप लामिछानेले ३ ललितनारायण राजवंशीले ३ बसन्त रेग्मीले २ विकेट र दिपेन्द्रसिं ऐरी १ र सरद भेषवाकरले १ विकेट लिएका छन्। यसअघि नेपालले दुई खेल ८ विकेट र एक खेल १४० रनको जित निकालेको थियो।
प्रतिक्रिया दिनुहोस