FLASH NEWS
  • Loading...

नेपाल र भारतको मानव तस्करी रोक्ने प्रतिबद्धता

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०२ पटक पढिएको
नेपाल र भारतको मानव तस्करी रोक्ने प्रतिबद्धता

काठमाडौं । नेपाल र भारतका सरकारी तथा अधिकारकर्मीहरुले मानव बेचबिखन रोक्ने सामुहिक प्रतिबद्धता गरेका छन् ।भारतको बहराइचमा भएको मानव बेचबिखनविरुद्धको कार्यशालामा नेपाल र भारतका अधिकारीहरुले त्यस्तो प्रतिबद्धता जनाएका छन

उनीहरुले नाकामा निगरानी बढाउने, सूचना आदान प्रदान गर्ने, उद्धारमा एक अर्कालाई सघाउने बताएका छन् ।भारत बहराइच जिल्लाका जनपथ प्रहरी एसपी सभारामले मानव तस्करी संगठित अपराध रहेकाले त्यसलाई निस्तेज पार्न दुवै देशका अधिकारीहरुले समन्वय, सहकार्य गरेर अघि बढ्नु पर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जका कार्यवाहक प्रमुख टंक खनालले मानव बेचबिखन जुनसुकै आवरणमा भएपनि रोक्न जरुरी रहेको बताए । नेपालबाट कामका लागि भन्दै महिलालाई भारत तथा तेस्रो मुलुकमा लगेर जोखिममा पार्ने क्रम बढेको स्मरण गराउदै खनालले यसका विरुद्धमा दुवै देशका अधिकारी तथा अधिकारकर्मीहरु एकजुट हुनुपर्ने बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित