- Loading...
दक्ष जनशक्ति निर्माण हुने गरी शैक्षिक नीति परिवर्तन गर्ने रक्षामन्त्रीको घोषणा
- गोल्डेन खबर
- ६ साल अघि
- ११७ पटक पढिएको

काठमाडौं। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेलले दक्ष जनशक्ति निर्माण हुनेगरी शैक्षिक नीतिलाई परिवर्तन गर्ने घोषणा गरेका छन्। उपप्रधानमन्त्री पोखरेलले दक्ष जनशक्ति निर्माणका लागि सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने योजना पनि अघि सारेका छन ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा उनले शैक्षिक बेरोजगारको संख्यालाई बढाउने शिक्षा नीतिकै कारण मुलुकले दूर्भाग्यपूर्ण अवस्था भोगिरहेको उल्लेख गर्दै त्यसलाई अन्त्य गर्न सरकारले ७० प्रतिशतभन्दा बढी प्राविधिक तथा व्यवसायिक शिक्षामा जोड दिने गरी पाठ्यक्रमहरुको निर्माण गर्ने प्रतिवद्धता पनि व्यक्त गरुेका छन ।
शिक्षालाई जीवन उपयोगी बनाउन पनि ७० प्रतिशत भन्दा बढि व्यवसायिक तथा प्राविधिक शिक्षा लिने व्यवस्था गर्नुको विकल्प नरहेको उपप्रधानमन्त्री पोखरेलको भनाई छ। उपप्रधानमन्त्री पोखरेलले माध्यामिक तहसम्मको शिक्षालाई निःशुल्क बनाउने संविधानको मौलिक हकसम्बन्धि व्यवस्थालाई कार्यान्वयनमा ल्याउन ढिलाई नहुने पनि स्पष्ट पारेकिा छन ।