FLASH NEWS
  • Loading...

सुदूरपश्चिम प्रदेशको राज्यमन्त्रीमा रावल नियुक्त

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १११ पटक पढिएको
सुदूरपश्चिम प्रदेशको राज्यमन्त्रीमा रावल नियुक्त

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार मन्त्रिपरिषद् विस्तार गरेको छ। प्रदेश सरकारले एकजना राज्यमन्त्री थप गरेको हो। कञ्चनपुर क्षेत्र नम्बर–३ ‘क’बाट निर्वाचित प्रदेशसभा सदस्य प्रकाश रावललाई ‘उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री’ नियुक्ति गरिएको छ। रावललाई एक कार्यक्रमका बीच मुख्यमन्त्री तथ मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री त्रिलोचन भट्टले पद तथा गोपनियताको सपथ गराएका छन्। रावल राज्यमन्त्रीमा नियुक्त भएसँगै सुदूरपश्चिम प्रदेश सरकार आठ सदस्यीय भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित