FLASH NEWS
- Loading...
सिटौलाको चेतावनीपछि कांग्रेस बैठक स्थगित भयो
- गोल्डेन खबर
- ६ साल अघि
- १०३ पटक पढिएको

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवालाई नेता कृष्णप्रसाद सिटौलाले अप्रिय स्थितिको सामना गर्न तयार हुन चेतावनी दिएपछि बिहीबारको केन्द्रीय कार्य समिति बैठक स्थगित भएको छ ।
सिटौलासहित केही नेताले बैठक बहिस्कार गर्ने जानकारी यसअघिनै दिइसकेका थिए । सिटौलालाई बैठकमा भाग लिन र बहिस्कार नगर्न महामन्त्री पूर्णबहादुर खड्काले औपचारिक रुपमै आग्रह गरेका थिए । सिटौलाले बहुमतको आडमा बैठक राखेर निर्णय गर्ने मूर्खता नदेखाउन खड्कामार्फत देउवालाई सन्देश पठाएको स्रोतले जनाएको छ ।
पैलेरै जाने नीति पार्टी नेतृत्वले राखेमा समाप्तिको दिशामा जाने भन्दै सिटौलाले लोकतन्त्रमा तानाशाही नचल्ने देउवालाई बताएको उनी निकट स्रोतले बताएको छ । प्रकाशमान सिंह र अर्जुन नरसिंह केसीलगायतका नेताले पनि बैठक बहिस्कार गर्ने भएपछि संस्थापन पक्ष दबाबमा परेको थियो ।
प्रतिक्रिया दिनुहोस