FLASH NEWS
- Loading...
बर्खास्तीमा पर्छन गलत काम गर्ने प्रहरी: महानिरीक्षक खनाल
- गोल्डेन खबर
- ६ साल अघि
- १०१ पटक पढिएको

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी सर्वेन्द्र खनालले गलत काम गर्ने जोकोही प्रहरी अधिकृतलाई पनि बर्खास्त गर्ने चेतावनी दिएका छन् ।प्रहरी महानिरीक्षक खनालले समाज र संगठन भित्र गलत काम गर्ने प्रहरी अधिकृतका कारण ‘गम्भीर चोट’ पुगेको भन्दै त्यस्ता प्रहरीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन ।
बुधबार ललितपुरस्थित सातदोबाटोमा निर्मित ट्राफिक प्रहरी परिसरको भवन उद्घाटन गर्दै आईजीपी खनालले सरकारले दिएको जिम्मेवारी र नागरिकको जीउधनको सुरक्षा गर्ने दायित्व इमान्दार र निष्ठापूर्वक पूरा गर्न मातहतका निकायलाई निर्देशनसमेत दिए ।आईजीपी खनालले सिंगो प्रहरी संगठनमाथि नै लाञ्छना लगाउने काम प्रहरी कर्मचारीबाटै हुने गरेको उल्लेख गर्दै त्यस्ता गतिविधि कडाइका साथ नियन्त्रण गर्ने दृढता पनि व्यक्त गरेका छन ।
प्र
प्रतिक्रिया दिनुहोस