FLASH NEWS
  • Loading...

स्वचालित पेस्तोलसहित मनोज पासवान पक्राउ

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १४३ पटक पढिएको
स्वचालित पेस्तोलसहित मनोज पासवान पक्राउ

काठमाडौं । पर्साको पटेर्वासुगौली गाउँपालिकाबाट प्रहरीले स्वचालित पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ ।प्रहरीले पटेर्वासुगौली गाउँपालिका १ बस्ने २५ वर्षका मनोज पासवानलाई पक्राउ गरेको हो ।

सादा पोशाकमा खटिएको प्रहरी टोलीले पर्साको पर्टेर्वासुगौली गाउँपालिका ४, फरदवा भलुवाही खोलाको बगरमा चेकजाँच गर्ने क्रममा उनको साथबाट स्वचालित पेस्तोल बरामद गरेको डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।

हतियारसहित पक्राउ परेका उनलाईर् जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित