FLASH NEWS
- Loading...
भारतमा रेल दुर्घटना ५ को मृत्यु, ३५ जना घाइते
- गोल्डेन खबर
- ६ साल अघि
- २६९ पटक पढिएको

काठमाडौं । भारतको उत्तर प्रदेशमा एक्सप्रेस रेलका केही डिब्बा लिगबाट बाहिर जाँदा भएको दुर्घटनामा पाँचजनाको ज्यान गएको छ । दुर्घटनामा कम्तिमा ३५ जना घाइते भएको प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ ।
लखनउबाट ८० किलोमिटर दक्षिणपश्चिममा रहेको अरे बलेरी रेल वे स्टेसनमा दुर्घटना भएको हो । रेलको इन्जिन र पाँचवटा डिब्बा लिकबाट बाहिर गएकाले बुधबार बिहान पौने ६ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भरहेको र रेलका यात्रुलाई गन्तव्यमा लैजान बसको प्रयोग गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस