FLASH NEWS
- Loading...
‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत : मछिन्द्र र च्यासलबीच खेल हुँदै
- गोल्डेन खबर
- ६ साल अघि
- ११९ पटक पढिएको

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत बुधबार मछिन्द्र क्लब र च्यासल युथ क्लबबीच खेल हुँदैछ। यही असोज १३ गतेदेखि शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको लिग आजदेखि पुनः सञ्चालन हुन लागेको हो। अखिल नेपाल फुटबल सङ्घ एन्फा मैदान सातदोबाटोमा आज दिउँसो ३ बजे मछिन्द्र र च्यासलबीच खेल हुने लिग निर्देशक सञ्जीव मिश्रले जानकारी दिए। एन्फाले असोज २४, २५ र २६ गतेभित्र पहिलो चरणको खेल सम्पन्न गर्ने तथा त्यसपछि दशैँ, तिहार र छठ अवधिभर लिग स्थगित गर्ने जनाएको छ। असोज २५ गते फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच तथा सोही दिन जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। असोज २६ गते एन्फा मैदानमै हिमालयन शेर्पा क्लब र एपिएफबीच तथा अर्को खेल ब्रिगेड ब्वाइज क्लब र मनाङ मस्र्याङ्दीबीच हुनेछ।
प्रतिक्रिया दिनुहोस