FLASH NEWS
- Loading...
७३ राहदानीसहित ३ जना पक्राउ
- गोल्डेन खबर
- ६ साल अघि
- ९४ पटक पढिएको

काठमाडौँ। रुसमा रोजगारीको प्रलोभन देखाएर गाउँ गाउँ पुगेर ‘क्लाइन्ट’ खोजिरहेका तीनजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा नुवाकोटका ३९ वर्षीय राजु तामाङ, ललितपुरका ७२ वर्षीय ज्ञानगोविन्द वैध र सिन्धुपाल्चोकका ४४ वर्षीय जगतबहादुर श्रेष्ठ छन्।
उनीहरुले रुसमा कृषी फार्ममा काम गर्ने मान्छे चाहिएको भन्दै प्रतिव्यक्ती ८ लाख ५० हजार रुपैयाँ उठाईरहेका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबीका अनुसार उनिहरुले दैनिक १० घन्टा काम गरेबापत मासिक एक हजार डलर कमाइने प्रलोभन देखाईरहेका थिए। सीआईबीले उनीहरुको साथबाट ७३ जनाको राहदानी बरामद गरेको छ।
प्रतिक्रिया दिनुहोस