FLASH NEWS
  • Loading...

बामदेवको लागि चुनाव गराउनु चरम अनिष्टको संकेत : बाबुराम भट्टराई

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १२१ पटक पढिएको
बामदेवको लागि चुनाव गराउनु चरम अनिष्टको संकेत : बाबुराम भट्टराई

काठमाडौं । नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बर्दियाबाट पराजित बामदेव गौतमका लागि काठमाडौं ७ मा उपचुनाव गराउनु चरम राजनीतिक अनिष्टको संकेत भएको टिप्पणी गरेका छन् । बुधबार ट्वीटमार्फत उनले यसलाई लोकतन्त्रको भ्रष्टीकरण समेत भनेका छन् ।

ट्वीटरमा उनले लेखेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्‍याऔं ?’

काठमाण्डौ–७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो।वेलैमा होश पुर्याऔं१दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गरौं ।

नेकपाले काठमाडौं ७ बाट निर्वाचित सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर त्यहाँ उपनिर्वाचन गराउने र नेता गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । यसअनुसार मानन्धरले राजीनामाको घोषणा समेत गरिसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित