FLASH NEWS
  • Loading...

देशभरका अदालत १६ दिज बन्द हुने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १०८ पटक पढिएको
देशभरका अदालत १६ दिज बन्द हुने

काठमाडौं । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुला रहने विज्ञप्तिमा उल्लेख छ ।

दसैँ अवधिभर मुलुकी फौजदारी कार्याविधि (संहिता) ऐन, २०६४ को दफा ९ बमोजिम पक्राउ पूर्जी जारी गर्ने अनुमति प्रदान गर्नका लागिसमेत व्यवस्था मिलाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित