FLASH NEWS
- Loading...
क्षेत्र नं ७ बाट गौतमलाई उठाउने पार्टीले निर्णय गरेको छैन : अध्यक्ष दाहाल
- गोल्डेन खबर
- ६ साल अघि
- ११६ पटक पढिएको

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले काठमाडौं क्षेत्र नं ७ बाट वामदेव गौतमलाई उठाउने निर्णय पार्टीले नगरेको बताएका छन् ।वामदेवका लागि सांसद रामवीर मानन्धरले राजीनामा दिने कुरा चलेको तर पार्टीले कुनै निर्णय नगरेको भन्दै अध्यक्ष दाहालले पार्टीले हार्ने गरी चुनाव नहुने बताए । बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गौतमलार्इ उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।
प्रतिक्रिया दिनुहोस