FLASH NEWS
  • Loading...

बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणीको पुजा आराधना गरिँदै

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १३४ पटक पढिएको
बडादसैँको दोस्रो दिन, ब्रह्मचारिणीको पुजा आराधना गरिँदै

काठमाडौं । बडादसैँको दोस्रो दिन बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ। नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक एक स्वरूपको आराधना परम्परा छ।

तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ। आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ।

नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ।कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ।

ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। आज भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

  गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित