FLASH NEWS
  • Loading...

मौसममा बदली हुने आज,केही ठाउँमा फाट्टफुट्ट पानीपर्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • ९७ पटक पढिएको
मौसममा बदली हुने आज,केही ठाउँमा फाट्टफुट्ट पानीपर्ने

काठमाडौं । उपत्यकाको केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । बंगालको खाडीमा बनेको चक्रवातको प्रभावले उपत्यकासहित मध्य र पूर्वको केही ठाउँमा फाट्टफुट्ट पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् मिनकुमार अर्यालका अनुसार विहीबार पूर्व र मध्य क्षेत्रको मौसम खुल्ने संभावना कम छ । पश्चिमको मौसम भने एकैछिन खुल्दै फेरि बदली हुनेछ ।

यस्तै विहीबार केही ठाउँमा हल्का पानी पर्ने उहाँको अनुमान छ । उच्च पहाडी क्षेत्रमा हल्का हिमपात पनि हुने मौसमविद् अर्यालले बताए। तर ठूलो पानी भने नपर्ने उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित