FLASH NEWS
  • Loading...

फूलपाती अघि नै काँग्रेसले एकीकृत मस्यौदा तयार पार्ने

  • गोल्डेन खबर
  • ६ साल अघि
  • १४४ पटक पढिएको
फूलपाती अघि नै काँग्रेसले एकीकृत मस्यौदा तयार पार्ने

काठमाडौं । नेपाली काँग्रेस विधान मस्यौदा समितिले दशैंको फूलपाती अघि एकीकृत मस्यौदा तयार गर्ने भएको छ । विभिन्न उपसमितिले तयार पारेका प्ररम्भिक मस्यौदाको अध्ययन र एकीकृत गर्ने काम भइरहेको काँग्रेस नेता तथा विधान मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए ।

नेता लेखकका अनुसार बाहिर हल्ला भएजस्तो सभापतिको अधिकारका विषयमा समितिमा विवाद नआएको दावी पनि गरेका छन । विधान मस्यौदा समितिले सदस्यता, संगठन संरचना, अधिबेशन प्रतिनिधि छनोट लगायतका विषयमा लगभग सहमति जुटाइसकेको जनाएको लेखकले बताए । केही विषयमा छलफल पनि भइरहेको लेखकको भनाई छ ।

प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभा निर्वाचनका लागि नयाँ विधानमा बढीमा ३ जनाको मात्र नाम सिफारिस गर्ने गरी बाध्यात्मक व्यवस्था समेट्ने तयारी भइरहेका मस्यौदा समितिका प्रवक्ता रमेश लेखकले बताए ।

नेपाली काँग्रेसमा सवैभन्दा विवादको विषय बनेको निर्वाचनमा टिकट वितरणको प्रकृयालाई विधानमार्फत नै व्यवस्थित बनाउने भएको छ । टिकटका आकांक्षी बढी हुनेहुँदा टिकट नपाउनेले आधिकारिक उम्मेद्वारमाथि अन्तरघात हुने गरेको गुनासो बढ्ने गरेकाले त्यसलाई विधानमार्फत नै व्यवस्थित गर्न लागिएको विधान मस्यौदा मुल समितिले जनाएको छ ।

गोल्डेनखबर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित