FLASH NEWS
  • Loading...

शान्त मुलुक भएमात्र समृद्ध नेपाल निर्माण हुन्छ : अध्यक्ष तिमल्सेना

  • गोल्डेन खबर
  • ५ साल अघि
  • ९६ पटक पढिएको
शान्त मुलुक भएमात्र समृद्ध नेपाल निर्माण हुन्छ  : अध्यक्ष तिमल्सेना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सेनाले शान्त मुलुक निर्माण भएमात्र ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुने बताएका छन्। ब्रम्हकुमारी राजयोग सेवा केन्द्र काठमाडौँले पिता श्री ब्रम्हबाबाको ५०औँ स्मृति दिवसका अवसरमा आज आयोजित ‘शान्ति र समृद्धिका लागि योग’ विषयक कार्यक्रममा उनले अशान्त भएको ठाउँमा समृद्धि आउन नसक्ने बताए । अध्यक्ष तिमल्सेनाले एउटै धर्ममा पनि फरक–फरक सम्प्रदाय मान्ने मानिस रहेको बताउँदै धर्मका नाममा एक सम्प्रदाय र अर्को सम्प्रदायबीच हिंसा बढ्नु समृिद्धको बाधक हुने उल्लेख गरे। “राज्यका सबै नागरिक सुखी र खुशी नभएसम्म समृद्ध मुलुक निर्माण हुन सक्दैन,”–उनले भने । योगले मानव जीवनमा सकारात्मक ऊर्जा पैदा गर्ने र शान्ति र समृद्धिका लागि योग आवश्यक रहेको अध्यक्ष तिमल्सेनाले स्पष्ट पारे।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित