FLASH NEWS
  • Loading...

चिकित्सा शिक्षा विधेयक पारित भए पनि डाक्टर केसीको अनशन जारी रहने

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ६७ पटक पढिएको
Post Thumbnail

 काठमाडौं ।अनशनरत डा .गोविन्द केसीले आफ्नो सहमति विपरीत विधेयक पारित भएकोले आफ्नो अनशन नरोकिने बताएका छन्। आफूसंँग १५औँ अनशनमा भएको सहमतिको आधारमा नै  चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने अडानमा रहेको बताउदै १६ औँ अनशनका बिच सरकारले उनीसँग भएको सहमतिविपरीत विधेयक पारित गरेको भए पनि आफ्नो अनशन नरोकिने केसीले  बताएका हुन्। आज बसेको संघीय संसदको बैठकले बहुमतका साथ विधेयक पास गरे पनि आफूसँग भएको सहमतिको आधारमै चिकित्सा शिक्षा विधेयक संसदबाट पास नभएसम्म आफ्नो अनशन नरोकिने केसीको भनाइ उदृत गर्दै केसीको सहयोगी डा .अभिषेकराज सिंहले बताए। उनले भने,  सहमतिविपरीत विधेयक पास भए पनि सरको अनशन जारी नै रहन्छ अब कसरी जाने भन्ने कुरा हामी केही बेलमा आन्तरिक छलफल पछि थप कुरा सार्वजनिक गर्ने छौँ। आफूसँग भएका सहमतिविपरीत विधेयक शिक्षा तथा स्वास्थ्य समितिबाट पास भए पछि गत पुस २५ गते  डा केसीले इलामको सहरी विकास परियोजनाको कार्यालय परिसरबाट अनशन सुरु गरेका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित