Radio Golden Live..

काठमाडौं उपत्यकामा थपिए १ सय ५९ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा बुधबार १ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा उपत्यकामा १ सय ५९ जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

संक्रमितमध्ये काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना छन्। बुधबार ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। कोरोनाले अहिलेसम्म १ सय २० जनाको मृत्यु भएको छ।

मंगलबार काठमाडौं उपत्यकामा २ सय ५ जनामा कोरोना पुष्टि भएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]