Radio Golden Live..

उपत्यकामा बिहान सवा ९ बजेसम्म खाद्यान्न र तरकारी पसल खोल्न दिने निर्णय

जारी निषेधाज्ञामा काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म मात्रै तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन हुने भएको छ।

काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले सो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको उनले बताए।

उनका अनुसार यस्तो समय यसअघि ८ बजेको समय तोकिएको थियो। तर औषधि पसलका सवालमा भने व्यवस्था लागू हुने छैन। अर्थात औषधि पसल दिनभर सञ्चालन हुन पाउने छन्।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]