Radio Golden Live..

आइसियूमा उपचाररत ललितपुरकी कोरोना संक्रमित महिलाको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालको आइसियूमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

ललितपुर निवासी उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई आइसियूमा राखेर उपचार गरिँदै आइएको थियो। मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७६ पुगेको छ। बुधबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

पछिल्लो समय संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ। कडा लक्षणसहितको संक्रमित देखिनु र दीर्घरोगीहरूमा समेत बढी संक्रमण देखिएकाले मृत्युदर बढेको बताइएको छ।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]