FLASH NEWS
- Loading...
लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु
- गोल्डेन खबर
- ४ साल अघि
- ११६ पटक पढिएको
रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो ।
श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए ।
मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।
प्रतिक्रिया दिनुहोस