FLASH NEWS
  • Loading...

भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १६३ पटक पढिएको
भारतका पूर्व राष्ट्रपति मुखर्जीको निधन

कोरोना संक्रमणपछि उपचाररत मुखर्जी केही दिनदेखि कोमामा थिए। सोमबार उनको नयाँ दिल्लीस्थित आरआर सैनिक अस्पतालमा निधन भएको उनका छोरा अभिजित मुखर्जीले पुष्टी गरेका छन्।

‘भारी मनका साथ यो जानकारी गराउदैँछु, आरआर अस्पतालका डाक्टरको सक्दो प्रयास र भारतभरका मानिसहरूको प्रार्थनाका बावजुद् हाम्रा बुबा प्रणव मुखर्जी अहिले भर्खरै बित्नुभएको छ,’अभिजितले ट्वीटरमा लेखेका छन्।

मुखर्जी ८४ वर्षका थिए।

भारत रत्नबाट विभुषित मुखर्जी सन् २०१२ देखि २०१७ भारतका राष्ट्रपति बनेका थिए। मनमोहन सिंह प्रधानमन्त्री हुँदा उनी अर्थमन्त्री थिए।

गत अगस्ट १० मा उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित