FLASH NEWS
  • Loading...

रोनाल्डोले पूरा गरे १००औं अन्तर्राष्ट्रिय गोल

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १३६ पटक पढिएको
रोनाल्डोले पूरा गरे १००औं अन्तर्राष्ट्रिय गोल

पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो सय अन्तर्राष्ट्रिय गोल पूरा गर्ने पहिलो यूरोपियन खेलाडी बन्नुभएको छ।

नेसन्स लिग अन्तर्गत सोमबार राति भएको खेलमा स्वीडेनविरुद्ध दुई गोल गर्दै उनी सय अन्तर्राष्ट्रिय गोल पुर्याउने पहिलो यूरोपियन अन्तर्राष्ट्रिय खेलाडी बन्नुभएको हो।

रोनाल्डोको दोहोरो गोल मद्दतमा पोर्चुगलले स्वीडेनलाई २–० ले पराजित गरेको थियो। ४५औं मिनेटमा पहिलो गोल गर्दै रोनाल्डोले आफ्नो सय गोल पूरा गरेका थिए।

यस्तै ७२औं मिनेटमा दोस्रो गोल थप्दै रोनाल्डोले आफ्नो गोल संख्या १०१ पुर्याए। विश्व फुटबलमा भने इरानका अली दाई रोनाल्डोभन्दा अझै ८ गोलले अघि छन।

अलीले १९९३ देखि २००६ सम्म अन्तर्र्राष्ट्रिय फुटबल खेल्दै १०९ गोल गरेका छन। रोनाल्डोपछि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीमा भारतका सुनिल क्षेत्री(७२) र अर्जेन्टिनाका लियोनल मेस्सी(७०) छन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित