Radio Golden Live..

नेपालका लागि बेलायतका पूर्व राजदूत मोरिसको शव फेला

मर्निङ वाकमा निस्केर मे ६ देखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ। प्रहरीहरुले उनी नियमित जगिङमा जाने जंगलमा एक शव फेला पारेका हुन ।

बिबिसीका अनुसार ह्याम्पशायरको जंगलमा शव फेला परेको तर शवको औपचारिक पहिचान हुन भने बाँकी छ। शवका बारेमा उनका परिवारलाई खबर गरिएको छ।

मोरिस सन् २०१५ देखि २०१९ सम्म नेपालका लागि बेलायती राजदूत रहेका थिए भने बेपत्ता हुनुअघि उनलाई फिजीको राजदूत नियूक्त गरिएको थियो।

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]