FLASH NEWS
  • Loading...

साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

  • गोल्डेन खबर
  • ४ साल अघि
  • १०६ पटक पढिएको
साझा पार्टीको प्रवक्तामा शरदराज पाठक

साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता नियुक्त गरेको छ। ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका केन्द्रीय सदस्य पाठक प्रवक्तामा नियुक्त गरिएको शनिबार प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएको छ ।

उनी गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उमेदवार थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए।

उनले अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिकको संस्थापक सम्पादक भएर काम गरेका थिए ।

यस्तै त्यसअघि उनी नेपालमा कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित