- Loading...
पर्यटन मन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण
- गोल्डेन खबर
- ४ साल अघि
- ९२ पटक पढिएको


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश कुमार भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको पीसीआर परीक्षणमा भट्टराईमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्री भट्टराईले आफूमा कोरोना संक्रमण भएको साँझ सामाजिक सञ्जालमार्फत फेसकुकमा स्टाटस लेख्दै आफ्नो आएकाहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गरेका छन् ।
शुक्रबार हल्का ज्वरोको महसुस भएपछि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। उनको रिपोर्ट शनिबार साँझ आएको हो।
गत सोमबार कोरोना परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा उनी काठमाडौं बाहिरका केही कार्यक्रममा सहभागी भएका थिए ।
शुक्रबार उपत्यकाबाहिरको कार्यक्रमबाट निवासमा फर्केपछि आफूमा हल्का ज्वरोको महशुस भएको भट्टराईले जानकारी दिएक छन् । त्यसपछि उनले आज शनिबार पुनः कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको आएको हो ।
‘शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महसुस भयो। आज शनिबार पुन: कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटीभ आएको भर्खरै जानकारी पाएको छु,’ मन्त्री भट्टराईको स्टाटसमा लेखिएको छ।
भट्टराईले हालसम्म पनि हल्का ज्वरो बाहेक अरु कुनै समस्या नदेखिएको बताएका छन् ।