FLASH NEWS
  • Loading...

लागुऔषध अफिमसहित दुई पक्राउ

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९३ पटक पढिएको
लागुऔषध अफिमसहित दुई पक्राउ

बाँकेमा ७ किलोग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कोहलपुर नगरपालिका—२ बसपार्कस्थित भेरी गेष्टहाउसको कोठा नं. १०५ वाट अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो ।

सो होटलमा लागुऔषध अफिमको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाजरकोटको नलगाड नगरपालिका—९ का ४५ वर्षीय जयबहादुर सिंह र सोही ठाउँका ३३ वर्षीय बीरेन्द्रमान सिंहलाई सो परिणामको अफिमसहित पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताउनुभयो ।

सो घटनाबारे थप अनुसन्धान एवं कारवाही प्रक्रियाअघि बढाएको जनाइएको छ । लागुऔषध तथा नियन्त्रण ऐन २०३३ अनुसार प्रतिबन्धित लागुऔषधको कारोबार गर्नेमाथि न्यूनतम १५ वर्ष जन्मकैद र रु पाँच लाखदेखि २५ लाखसम्म जरिवाना तोकिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित