FLASH NEWS
  • Loading...

गाउँ—गाउँमा ‘मास्क र स्यानिटाइजर’वितण गर्दै पर्यटनमन्त्री

  • गोल्डेन खबर
  • ४ साल अघि
  • ९२ पटक पढिएको
गाउँ—गाउँमा ‘मास्क र स्यानिटाइजर’वितण गर्दै पर्यटनमन्त्री

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले ताप्लेजुङ भ्रमणका क्रममा आफू पुगेको गाउँमा मास्क र स्यानिटाइजर वितरण गर्दै आउनुभएको छ ।

कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाको सन्देश दिन मन्त्री भट्टराईले व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री मास्क र स्यानिटाइजर वितरण गर्नुभएको हो । ताप्लेजुङका प्रतिनिधिसभा सदस्य मन्त्री भट्टराईले स्थानीय तहस्तरीय भ्रमणको अन्तिम दिन आज आठराई त्रिवेणी गाउँपालिकाको स्वास्थ्य शाखालाई करिब पाँच सय थान मास्क र स्यानिटाइजर वितरण गर्नुभएको छ ।

तिहार पर्वपछि ताप्लेजुङका अन्य स्थानीय तहमा भ्रमण गर्ने मन्त्री भट्टराईको योजना रहेको उहाँका प्रमुख स्वकीय सचिव प्रेमप्रसाद गुरागाईले जानकारी दिनुभयो ।

यसपटक मन्त्री भट्टराईले फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मैवाखोला र आठराई त्रिवेणी गाउँपालिकामा मास्क र स्यानिटाइजर वितरण गर्नुभएको हो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मन्त्री भट्टराईकै पहलमा कोरोनाका कारण रोजगारी गुमाएर गुजारा चलाउन समस्यामा परेका परिवारका लागि विभिन्न प्रकृतिका खाद्य सामग्री पनि उपलब्ध गराइएको उहाँका प्रेस संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित