Radio Golden Live..

कांग्रेस तत्कालै सरकारमा नजाने


काठमाडौं । नेपाली कांग्रेस तत्कालै सरकारमा नजाने भएको छ । पूर्व मन्त्री तथा पार्टीका केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेसलाई तत्कालै सरकारमा नजाने जानकारी गराउनु भएको छ ।

प्रेस युनियन कैलालीले ििबहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्व मन्त्री लेखकले अहिलेसम्म नेकपा नै सरकार सञ्चालन गर्ने हैसियतमा रहेको प्रष्ट्याउँदै काँग्रेसलाई सरकारमा जाने हतार नभएको बताउनु भयो ।

‘अहिले नेकपाको करिब दुई तिहाइ छ । हामी सरकारमा जान आवश्यक छैन’ उहाले पत्रकारहरुसँग भननुभयो भने, ‘कांग्रेसलाई तत्काल सरकारमा जान हतार छैन ।’

© २०१६, सर्वाधिकार गोल्डेनखबर डट कममा सुरक्षित फोन नं: ०१-५१७२६५७इमेल: [email protected]