काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसँग अब समूहगत रुपमा कुनै पनि डिल नहुने बताउनु भएको छ । प्रधानमन्त्री ओलीले एमालेको नाममा गुटको भेला गरेबापत मुख्य व्यक्तिबाट कारवाही शुरु हुने चेतावनी समेत दिनुभएको छ । प्रधानमन्त्री ओलीले एक अनलाइनको बिशेष अन्तरवार्तामा त्यस्तो बताउनु भएको हो ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई लिएर आफूविरुद्ध विगतमा गरेका क्रियाकलाप र पछिल्लो पटक पार्टीका नाममा भएको गुटगत भेलाप्रति वरिष्ठ नेता नेपाल र झलनाथ खनालले माफी माग्नुपर्ने समेत बताउनु भएको छ । ओलीले माफी मागे नेपाल र खनाललाई पार्टिमा यथावत स्थान दिन सकिने प्रष््याउनु भएको छ ।
अन्तरवार्तामा ओलीले भन्नु भएको छ– सबैले सुने हुन्छ, गुटसँग म डिल गर्दिन,पार्टीका कार्यकर्ता आ(आफ्ना ठाउँमा बस्नुपर्छ । गुटको दलबल लिएर आउन पाइदैन । पार्टीका नाममा जुन भेला गरिएको हो, कारवाही योग्य विषय हो, अब कारवाही पनि गुटलाई होइन व्यक्तिलाई हुन्छ, जो मुख्य दोषी हो त्यहाँबाट शुरु हुन्छ ।
अर्को प्रसंगमा प्रधानमन्त्री ओलीले माधवकुमार नेपाल पक्षलाई फुटेर प्रचण्डसँग जान कानुनी समस्या परेको हो भने अध्यादेश वा विधेयक ल्याइदिएर सहयोग गर्ने समेत बताउनु भएको छ ।
ओलीले भन्नुभएको छ, फुटेर जान समस्या परेको हो भने मसँग निवेदन हाले हुन्छ, अध्यादेश विधेयक केही गरेर जान दिउँला । पार्टी भनेको स्वेच्छाले बस्ने हो, करकाप गरेर बस्ने होइन । म लोकतान्त्रिक मान्छे हुँ, बँधुवा बनाएर राख्दिन ।