FLASH NEWS
  • Loading...

बाँके र जुम्लामा भीषण आगलागी, १ सय २० घर र ३५ गोठ जल्यो, आगो निभाउँदा ४ घाइते

  • गोल्डेन खबर
  • ३ साल अघि
  • ११६ पटक पढिएको
बाँके र जुम्लामा भीषण  आगलागी, १ सय २० घर र ३५ गोठ जल्यो, आगो निभाउँदा ४ घाइते


काठमाडौं । बाँके र जुम्लामा भीषण आगलागी भएको छ । नरैनापुर गाउँपालिका वडा नम्बर ४ को खोदवा गाउँमा आगलागी भएको हो । ्आगलागीबाट एक सय २० घर जलेको छ ।

शनिबार दिउँसोदसाढे ३ बजेदेखि लागेको आगो राति १ बजे पूर्णरुपमा निभाइएको थियो । आगो निभाउने क्रममा ५ जना घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

त्यस्तै जुम्लाको तिला गाउँपालिकामा पनि भीषण आगलागी भएको छ । गाउँपालिका वडा नम्बर ९ को ढिपु गाउँमा शनिबार राति आगलागी भएको हो । आगो आइतबार बिहान पूर्ण रुपमा निभाइएको छ ।

आगलागीबाट ३५ गोठ जलेको प्रहरीले जनाएको छ । आगलागीबाट भएको क्षतिकाे एकीन विवरण भने आइसकेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित