काठमाडौं । सुनको भाउ मंगलबार फेरि घटेको छ
सोमबार छापावाला सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार ३ सय रूपैयाँले घटेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला चाँदी १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।